Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

नुहाउने क्रममा तीन किशोर बेपत्ता

Sunday, May 14, 2017 National Power

३१ बैशाख, कञ्चनपुर – महाकाली नदीमा बगेर तीन किशोर बेपत्ता भएका छन् ।
महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टीकै १५ वर्षीय राहुल उपाध्याय बेपत्ता भएका इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीले जानकारी दिएको छ । तीनैजना दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फबाट नदीमा बगेर बेपत्ता भएका थिए । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।