Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

आज ऐतिहासिक दिन, ३४ जिल्लामा स्थानीय निर्वाचन ७ बजेबाट सुरु हुने

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाडौं –  स्थानीय तह निर्वाचनका लागि आज ३४ जिल्लामा मतदान हुँदैछ । विहान ७ बजेबाट मतदान सुरु हुनेछ । पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।

मतदानका लागि आवश्यक सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् भने १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।