Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सरकारले औषधि आफै किनेर सरकारीअस्पतालका फार्मेसीबाट बेच्ने तयारी गर्यो

Saturday, May 13, 2017 National Power

३० बैशाख, काठमाडौं – सरकारले औषधि आफै किनेर आफै बेच्ने तयारी थालेको छ । औषधि व्यापारीले सयौँ गुणा नाफा लिएको भेटिएपछि विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सरकारले सीधै कम्पनीसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधि बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए । यस्तै सुझाव समितिको सुझाव अनुसार आत्मनिर्भर हुन सकिने औषधिमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्ने निर्णय पनि गरिएको स्वास्थ्य मन्त्री थापाले जानकारी दिए ।

तर स्वदेशी औषधिको मुल्य सस्तो र गुणस्तरीय हुनुपर्ने र नेपाली उद्योगको एकाधिकार हुन नदिनेतर्फ पनि मन्त्रालय सचेत रहेको उनको भनाई छ । सुझाव समितिले नेपाली बजारमा बिक्री हुँदै आएका औषधि २२ सय प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री गर्ने गरेको पत्ता लगाएको छ । क्यान्सर, मिर्गौला लगायत कडा रोगका औषधि धेरै महंगोमा बेच्ने गरेको समितिले जनाएको छ ।