३० बैशाख, चितवन – भरतपुर महानगरपालिकामा शनिबार बिहानै प्रेस कुकर बम फेला परेको छ । नेपाली कांग्रेस भरतपर महानगरपालिका–९ को सम्पर्क कार्यालय नजिकै बम फेला परेको हो ।
बम भेटिएको केही समयपछि नै नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय पारेको छ । सेतो बोराभित्र शंकास्पद वस्तु फेला परेपछि भरतपुर व्यारेकबाट नेपाली सेनाको टोली बम डिस्पोजका लागि आइपुगको थियो । बम कसले राख्यो भन्नेबारेमा केही खुलेको छैन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनविरोधी गतिविधि तीव्र पारिरहेका बेला प्रेसर कुकर बम फेला परेको हो ।