Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा  दल दर्ता गराउने

Saturday, May 13, 2017 National Power


३० बैशाख काठमाडौं – निर्वाचन प्रयोजनका लागि आगामी जेठको पहिलो साताभित्रै निर्वाचन आयोगमा राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ता गराउने भएको छ ।

निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलपछि राष्ट्रिय जनता पार्टीका नेता मनिषकुमार सुमनले स्थानीय तह निर्वाचनमा एकीकृत दलका रुपमा सहभागी हुन सम्भव नभए पनि यसपछिका निर्वाचनमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागिएको जानकारी दिए।

आयोगसँग एकीकृत दलको नाम, निर्वाचन चिह्न र दल दर्ताको प्रक्रियालगायतका विषयमा छलफल भएको उनले बताए ।

यसै महिनाको पहिलो साता तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।

छलफलमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले दल एकीकृत भएकोमा बधाई दिँदै स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सकिएकाले एकीकृत दललाई नयाँ निर्वाचन चिह्न दिन नसकिने हुँदा पुरानै चिह्न लिएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

छलफलमा वृषेशचन्द्र लाल, जीतेन्द्र सोनल, मनिषकुमार सुमन, केशव झा, डा. कौशलेन्द्र मिश्र, सिपी सिंह र दीपेन्द्र चौधरी सहभागी थिए।