Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

विद्युत् चुहावट गर्ने सात जना पक्राउ

Saturday, May 13, 2017 National Power

३० बैशाख, लहान – हुकिङ गरी विद्युत् चुहावट गर्ने आधा दर्जनलाई आज बिहान विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले नियन्त्रणमा लिएको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत आज प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले सिरहा नगरपालिका–९ ठेंगहीबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने स्थानिय गणेश यादव, जुगती यादव, विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका कुमर पासवान, गुबदा पासवान र अर्नमा गाउँपालिका–३ अर्नमाबाट वीरेन्द्र ठाकुर, पवन पासवान र रञ्जीतकुमार मुखियालगायत सात जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रले जनाएको छ ।

पोलबाट हुकिङ गरेर चलाइरहेको टिभी दुई थान, मोटर दुई थान, पङ्खा दुई थानसमेत बरामद गरेकोे विद्युत् प्राधिकरण सिरहाले जनाएको छ ।