Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

उम्मेद्वारका छोरासहित दुई जनालाई हतियारसहित पक्राउ

Friday, May 12, 2017 National Power

२९ बैशाख, नुवाकोट – नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक वटा खुकुरी र तीन वटा फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।

तामाङ प्रचार अभियान पछि घर फकर्दै गरेको बेला नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले पक्राउ परेका हुन । पक्राउपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।