Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

चिनियाँ परियोजना (ओबिओआर)को समझदारी पत्रमा हस्ताक्षर

Friday, May 12, 2017 National Power


२९  बैशाख, काठमाण्डौँ – नेपाल र चीनबीच एसिया युरोप र अप्रिकालाई आर्थिक रुपमा जोड्ने महत्वकांक्षी चिनियाँ परियोजना वान बेल्ट वान रोड (ओबिओआर)को समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आइतबार र सोमबार बेइजिङमा हुन लागेको ओबिओआर सम्मेलनपूर्व उक्त समझदारीपत्रमा काठमाण्डौमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चीनकोतर्फबाट काठमाण्डौस्थित चिनियाँ राजदूत यु होङगले हस्ताक्षर गरेका छन्।परराष्ट्र मन्त्रालयमा आयोजित हस्ताक्षर समारोहमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि सहभागी थिए।

मूलत–सडक तथा रेल र समुद्री मार्गबाट चीनबाट एसिया, युरोप र अफ्रिकालाई जोड्ने उद्देश्य यो परियोजनाले राखेको छ।यो परियोजना अन्तर्गतको मार्गमा नपरेका मुलुकहरु पनि यसमा सहभागी हुनसक्ने र पूर्वाधार तथा आर्थिक गतिविधिका विभिन्न ठूला आयोजनाहरुमा चिनियाँ लगानी भित्र्याउनसक्ने बताइएको छ।

नेपालले पनि रेल मार्ग, जलविद्युत, पूर्वाधार निर्माण जस्ता विषयमा फाइदा लिनसक्ने जानकारहरु बताउँछन्। परराष्ट्रमन्त्रालयद्वारा जारी वक्तव्यमा पनि उक्त समझदारीपत्रको मूल उद्देश्य नेपाल र चीनबीच अर्थतन्त्र, वातावरण, प्रविधि र संस्कृति लगायतका क्षेत्रमा आपसी सहकार्य प्रवर्द्धन गर्ने रहेको उल्लेख छ।