Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

गएराति बस दुर्घटना हुँदा बस चालकको मृत्य, ८ जना घाइते

Friday, May 12, 2017 National Power

२९ बैशाख, दमौली  – तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै गएराति म्याग्दीको बेनीबाट काठमाडौं जाँदै गरेकोबा ३ ख ९६२६ नंको रात्रि बस दुर्घटना हुँदा बस चालकको ज्यान गएको छ भने आठजना यात्रु घाइते भएका छन् ।

ज्यान जानेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षका रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उपचारका क्रममा उनको राति सवा ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्लागण्डकी नपा–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिमा गुडेका कारण बस अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ ।