Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गएराति बस दुर्घटना हुँदा बस चालकको मृत्य, ८ जना घाइते

Friday, May 12, 2017 National Power

२९ बैशाख, दमौली  – तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै गएराति म्याग्दीको बेनीबाट काठमाडौं जाँदै गरेकोबा ३ ख ९६२६ नंको रात्रि बस दुर्घटना हुँदा बस चालकको ज्यान गएको छ भने आठजना यात्रु घाइते भएका छन् ।

ज्यान जानेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षका रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उपचारका क्रममा उनको राति सवा ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्लागण्डकी नपा–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिमा गुडेका कारण बस अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ ।