Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

भारतीय युवाको समुहले नेपाली युवालाई कुटपिट गरेपछि सीमा क्षेतत्र बन्द

Friday, May 12, 2017 National Power

२९ बैशाख, बैतडी – बैतडी जिल्लाको तल्लोस्वराडमा पर्ने नेपाल–भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा बिहीबारदेखि आवतजावत बन्द भएको छ ।

बिहीबार बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल–भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालकलाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमलबहादुर विष्टले जानकारी दिए ।

तीन चार भारतीय युवकको समूह नेपालमा विवाहमा आई नेपालमै रक्सी खाएर महाकालीमा डुङ्गा चलाइरहेका नेपाली धनवीर साउदलाई कुटपिट गरेको प्रहरीले बताएको छ । धनवीरकै डुङ्गाबाट यात्रा गर्दै भारत गएका युवाले भारतमा पुगेपछि साउदलाई कुटेको बताइएको छ । कुटपिटपछि आक्रोशित नेपालीले सीमाक्षेत्र बन्द गराएका हुन् ।