Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

भारतीय युवाको समुहले नेपाली युवालाई कुटपिट गरेपछि सीमा क्षेतत्र बन्द

Friday, May 12, 2017 National Power

२९ बैशाख, बैतडी – बैतडी जिल्लाको तल्लोस्वराडमा पर्ने नेपाल–भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा बिहीबारदेखि आवतजावत बन्द भएको छ ।

बिहीबार बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल–भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालकलाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमलबहादुर विष्टले जानकारी दिए ।

तीन चार भारतीय युवकको समूह नेपालमा विवाहमा आई नेपालमै रक्सी खाएर महाकालीमा डुङ्गा चलाइरहेका नेपाली धनवीर साउदलाई कुटपिट गरेको प्रहरीले बताएको छ । धनवीरकै डुङ्गाबाट यात्रा गर्दै भारत गएका युवाले भारतमा पुगेपछि साउदलाई कुटेको बताइएको छ । कुटपिटपछि आक्रोशित नेपालीले सीमाक्षेत्र बन्द गराएका हुन् ।