Tuesday 19th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

राष्ट्रपति पाँच दिनका लागि आज श्रीलङ्का जाँदै

Friday, May 12, 2017 National Power

२९ बैशाख, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि आज श्रीलङ्का जाँदै छिन । राष्ट्रपति भण्डारी नेपाल एयरलाईन्सको विमानमार्फत् बिहान पौने ११ बजे थाइल्यान्डको ब्याङ्कक हुँदै श्रीलंका जाने उनका सल्लाहकार सुशिल प्याकुरेलले जानकारी दिए ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउने राष्ट्रसंघीय सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रीपाला सिरिसेना लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन र श्रीलङ्काका विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्ने भएकीछिन । श्रीलङ्काको राजधानी कोलोम्बोमा आजदेखि सुरु हुने सम्मेलनको समापन बैशाख ३१ गते हुनेछ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने छिन । राष्ट्रपति भण्डारीले आज थाइल्याण्डमा रहँदा स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यापर्ण गरी श्रद्धाञ्जलि व्यक्त गर्नेछिन ।