Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

Friday, May 12, 2017 National Power


२९ बैशाख, धादिङ – ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्रिपुरासुन्दरी गाउँपालिका(१ धादिङका रमेश श्रेष्ठको ज्यान गएको छ भने उनकी श्रीमती सुनिता श्रेष्ठ गम्भीर घाइते भएकी छिन ।
बिहीबार चुनाव प्रचार प्रसारमा गएर आउँदा ग १३ प ३०६० नम्बरको स्कुटरलाई बा ३ ख ३५५९ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका रमेश र सुनितालाई उपचारका लागि अस्पताल लैजाने क्रममा ३० वर्षका रमेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाइतेको सुनिताको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको केन्द्रका डाक्टर श्रृष्टि उपाध्यायले बताएको छ । गम्भीर घाइते भएकी २५ वर्षकी सुनितालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ पठाउने तयारी भैरहेको छ ।
दुवै सवारी साधनख त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत त्रिपुरेश्वरमा भएको आमसभा तथा र्‍याली सकेर फर्किएका थिए । ग्रामीण सडकमा स्कुटर चिप्लिएपछि ट्रकले ठक्कर दिएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।