Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

पोखरामा अपरिचित समूहको पेट्रोल बम प्रहार

Thursday, May 11, 2017 National Power

२८ बैशाख, पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको मध्यभागमा पर्ने बिजयपुर खोलाको पुलमा आज दिउँसो अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । कांग्रेसको चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको हो ।

अपराहृन करीब ३ बजे भएको घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बम प्रहार भएपनि गाडी अगाडि बढिसकेकाले क्षति नभएको र बम प्रहारको घटनापश्चात प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ । बम प्रहार गर्नेको खोजी तिव्र पारेको प्रहरीले जनाएको छ ।

घटना विप्लव माओवादीले गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी अहिलेसम्म कोहि पनि पक्राउ नगरिएकाले यसै भन्न नसकिने प्रहरीले बताए । यसअघि पनि विजयपुर खोलाको पुलमा शंकास्पद बस्तु भेटिएको थियो ।