Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

माछा मार्ने क्रममा जालमा अल्झिएर एकको मृत्यु,एकजना बालक बेपत्ता

Thursday, May 11, 2017 National Power

२८ बैशाख, गुल्मी – गुल्मी जिल्लाको बडिघाट खोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान  गएको छ ।

चन्द्रकोट गाउँपालिकाको मजुवा बजार नजिकै बढीघाट खोलामा जाल हानेर माछा मार्ने क्रममा सोही जालमा अल्झिएर चन्द्रकोट गाउँपालिका–८ का २५ वर्षका युवराज रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बाढी आएका कारण धमिलो खोलामा माछा मार्ने क्रममा रजाली जालमा अल्झिएर खोलामा डुब्दा बुधबार ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही खोलामा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका अन्तर्गत पुलकामुखमा पौडी खेल्ने क्रममा दवार गाउँपालिका–१ बलिथुमका १३ वर्षका राजेन्द्र परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।