Saturday 18th September 2021

    चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित    महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्त    काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल    क्योकुशिन–सेईसिन काईकान कराँते संघको २ नं. प्रदेश कमिटी गठन    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५९ औ वार्षिकोत्सव समारोह सम्पन्न

काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता

Thursday, May 11, 2017 National Power

२८ वैशाख,बनेपा- स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी परिचालन गरेर तीन तहको सुरक्षा घेरा निर्माण भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिङ्खडाले जानकारी दिनुभयो । उहाँका अनुसार अग्रभागमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा निर्वाचनस्थलबाट अलि टाढाको दूरीमा नेपाली सेना रहनेछ ।

“सबै क्षेत्र नै संवेदनशील छन्, खासगरी विप्लव समूहको निर्वाचन विरोधी गतिविधिलाई कडा निगरानी गरेका छौँ”, प्रजिअ शिङखडाले भन्नुभयो । उहाँले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा विप्लव नेतृत्वका पाँचजनालाई पक्राउ गरिएको उल्लेख गर्दै अन्य कार्यकर्तामाथि पनि निगरानी भइरहेको बताउनुभयो ।

जिल्लामा नेपाल प्रहरीको एक हजार १००, सशस्त्र प्रहरीको करिब ५५०, म्यादी प्रहरी करिब एक हजार ७६, नेपाली सेनालगायत सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचनमा सहभागी भएका सबै कर्मचारीको सुरक्षाका लागि पनि सोही अनुसारको सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । सरकारले पहिलो चरणअन्तर्गत आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्दै छ ।