Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

खहरे खोलामा आएको भेलले बगाउँदा आमाछोरीको ज्यान गयो

Thursday, May 11, 2017 National Power

२८ बैशाख, बैतडी – बैतडी जिल्लामा खोलाले बगाउँदा आमाछोरीको ज्यान गएको छ । बुधबार बेलकाु बैतडीको दशरथचन्द नगररपालिका–६ सुकुट्टीमा घरनजिकैको धारामा नुहाइरहेका बेला नजिकै रहेको खहरे खोलामा एक्कासी आएको भेलले आमाछोरीलाई बगाएको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।
२४ वर्षकी सुनिता महर र उनकी ६ वर्षकी छोरी करिश्माको ज्यान गएको हो । दुवैजनाको शव घटनास्थल भन्दा झण्डै ४ सय मिटर तल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । मृतक सुनिताका श्रीमान रोजगारीका लागि विदेशमा छन् ।