Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

खहरे खोलामा आएको भेलले बगाउँदा आमाछोरीको ज्यान गयो

Thursday, May 11, 2017 National Power

२८ बैशाख, बैतडी – बैतडी जिल्लामा खोलाले बगाउँदा आमाछोरीको ज्यान गएको छ । बुधबार बेलकाु बैतडीको दशरथचन्द नगररपालिका–६ सुकुट्टीमा घरनजिकैको धारामा नुहाइरहेका बेला नजिकै रहेको खहरे खोलामा एक्कासी आएको भेलले आमाछोरीलाई बगाएको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।
२४ वर्षकी सुनिता महर र उनकी ६ वर्षकी छोरी करिश्माको ज्यान गएको हो । दुवैजनाको शव घटनास्थल भन्दा झण्डै ४ सय मिटर तल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । मृतक सुनिताका श्रीमान रोजगारीका लागि विदेशमा छन् ।