Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा आज रियल ड्रवीको भिडन्त

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, काठमाडौँ – इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टस उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिरी ए क्लब युभेन्टसलाई जित दिलाउन मारिओ मान्जुकी र डानी एल्भेसले एक एक गोल गरे । मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । पहिलो लेगमा युभेन्टस २ – ० ले अघि रहेको थियो ।

अब युभेन्टसले उपाधिका लागि दुई स्पेनिस क्लब रियल मड्रिड वा एथ्लेटिको मड्रिडबीचको बिजेतासँग आउँदो जुन ३ मा कार्डिफमा खेल्ने छ । मड्रिड डर्बी रहेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड ३–० ले अघि छ  ।

युभेन्टस स्टेडियममा भएको दोस्रो लेगमा घरेलु टोलीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३३ औं मिनेटमा मान्जुकीले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । खेलको  ४४ औं मिनेटमा एल्भेसले गोल गरेपछि पहिलो हाफमा युभेन्टसले २ – ० को अग्रता बनायो ।

दोस्रो हाफको ६९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै मोनाकोलाई खेलमा फर्काउने कोशिस गराए । युभेन्टस विरुद्ध गोल गरेसँगै मोनाकोका एमबाप्पे च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा गोल गर्ने कम उमेरका खेलाडीको किर्तिमान बनाए ।

एमबाप्पेले १८ बर्ष १४० दिनमा गोल गर्दै यो किर्तिमान बनाएका हुन् ।  त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेनन् र युभेन्टसले खेल २ – १ ले जित्दै फाइनल स्थान पक्का बनायो ।
योसँगै युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको छ । यसअघि युभेन्टस सन् २०१५ को सिजन फाइनलमा बार्सिलोनासँग ३–१ ले पराजित भएर उपविजेतामा समेटिएको थियो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
यस्तै युभेन्टसले छैटौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेर अर्को इटालियन क्लबले बनाएको सर्वा्धिक धेरै पटक फाइनल पुग्ने क्लबसँग बराबरी गरेको छ । त्यस्तै च्याम्पियन्स लिगको १२ खेलमा अपराजित रहेको युभेन्टसले युरोपियन क्लब फुटबलमा अहिलेसम्मकै राम्रो प्रदर्शन गरेको छ ।  युभेन्टसले १२ खेलमा ९ जित र ३ बराबरीको नतिजा निकालेको छ ।