Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

आचार संहिताको अटेर गर्दै नेताले हेलिकप्टर चार्टर गरी चुनावी सभा गरे

Wednesday, May 10, 2017 National Power


२७ बैशाख, धादिङ – स्थानीय तहको चुनाव नजिँकिँदै गर्दा राजनीतिक दलले आचारसंहिता विपरितका काम दोहोर्‍याइरहेका छन् । निर्वाचन आचार संहिताको अटेर गर्दै राप्रपाका नेताले हेलिकप्टर चार्टर गरेर धादिङको रुबी भ्याली गाउँपालिकाको लापामा चुनावी सभा गरेका छन् ।

राप्रपाले रुवीभ्याली गाउँपालिकाको लापामा आयोजना गरेको चुनावीसभामा सहभागी हुन राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य कोमल ओली, केन्द्रीय सदस्य एवं संचार विभाग प्रमुख रविन चाम्लिङ लगायतका नेता हेलिकप्टर चार्टर गरेर त्यस ठाउमा गएका हुन् । हेलिकप्टर चार्टर गरेर त्यहाँ पुगेका राप्रपा नेताहरु लापा माध्यामिक विद्यालयमा चुनावी सभामा सहभागी भएका थिए । प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले यसअघि पटक पटक निर्वाचन आयोगले बाहेक अरुले हेलिकप्टरको प्रयोग गर्न नपाउने जानकारी गराउँदै प्रयोग गर्नै पर्ने अवस्था आए निर्वाचन आयोगसँग स्वीकृति लिन आग्रह गर्दै आएका थिए तर राजनीतिक दलले आचारसंहिता विपरितका काम दोहोर्‍याइरहेका छन् । निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहका उम्मेद्वार र मन्त्रीले पनि निर्वाचन प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न पाईंदैन ।