Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

१ सय हेक्टर जग्गामा धानखेती, ९५ हेक्टर बराबरको जलाशयमा माछापालन

Tuesday, May 9, 2017 National Power

२६ बैशाख, धनगढी – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनगढीको कैलालीमा ब्लकका रुपमा एक सय हेक्टर जग्गामा धानखेती र ९५ हेक्टर बराबरको जलाशयमा माछापालन गर्न लागिएको छ ।

धानको खेती गर्न जिल्लाको साविक फूलबारी, पवेरा, रतनपुर गाविस र माछापालनका लागि  गदरिया, हसुलिया, खैलाडलगायतका गाविस छनोटमा परेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले जानकारी दिए ।

कृषक समूह, सहकारी संस्था वा व्यक्ति (कृषक)मार्फत् सञ्चालन हुन लागेको धानखेतीका लागि कृषि विकास कार्यालयले माटो परीक्षण कृषि यन्त्रलगायतको प्राविधिक सहयोग गर्न लागेको छ । खेती गरिने क्षेत्रमा ‘कष्टम हाइरिङ सेन्टर‘को व्यवस्थासमेत गर्न लागिएको छ ।

हाइरिङ सेन्टरबाट सम्बन्धित किसानले धान काट्ने, दाइँ गर्ने, गोडमेल गर्ने, खनजोत गर्नेलगायतका कामका लागि कृषि यन्त्रको सुविधा पाउने बताइएको छ । यसै माछापालनका लागि छनोटमा परेका किसानसँग हाल सम्झौता गर्ने कार्य भइरहेको छ ।

कार्यक्रमअन्तर्गत एक हेक्टर बराबरको जग्गा खनेर ताल बनाउने किसानलाई रु तीन लाखसम्मको अनुदान दिन लागिएको छ । माछापालन कार्यक्रमबाट करिब ४१ कृषक परिवार समेटिन लागेका छन् । ब्लकका रुपमा सञ्चालन हुन लागेको धानखेती र माछापालन कार्यक्रम कार्यान्वयनका लागि चालु आवमा रु छ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।