Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

एमाले कार्यकर्ताले वन तथा भूसंरक्षणमन्त्री भण्डारीमाथि आक्रमणको प्रयास गरे

Tuesday, May 9, 2017 National Power

२६ बैशाख, तनहुँ – नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि नेकपा (एमाले) का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ ।

निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर मन्त्री भण्डारीमाथि आक्रमणको प्रयास गरेको बताइएको छ । घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको टोलीले मन्त्री भण्डारीलाई उद्धार गरेको थियो । मन्त्री भण्डारी लमजुङमा एक मित्रको शुभकार्यमा सहभागी भएर राजधानी फर्कने क्रममा एमाले कार्यकर्ताले उनी माथी आक्रमणको प्रयास गरेका थिए। उनी व्यक्तिगत कार्यमा सहभागी भएर फर्कंदै गर्दा कार्यकर्ताले आक्रमणको प्रयास गर्नु अत्यन्त निन्दनीय भएको मन्त्री भण्डारीको भनाइ छ ।