Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

वार्तामा कुरा नमिलेपछि आन्दोलनको कार्यक्रम घोषणा गर्ने :संघीय गठबन्धन

Tuesday, May 9, 2017 National Power


२६ बैशाख, काठमाडौ –  संघीय गठबन्धनले बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

आज बिहान नेपाली काँग्रेस, एमाले र माअ‍ोवादी केन्द्रसँग संघीय गठबन्धनले बालुवाटारमा छलफल गरेको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते सविधान संशोधन विधेयक पारित गर्न प्रयास गर्ने आश्वासन दिएका छन् । तर प्रधानमन्त्रीको प्रतिवद्धताप्रति विश्वास नलागेर आजै गठबन्धनको बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गर्न लागिएको एक नेताले बताए ।

राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज ३ बजे गठबन्धनको बैठक बस्न लागेको छ ।
बैठकले दवाव मुलक कार्यक्रमको घोषणा गर्ने राजपा नेपालका नेताले जानकारी गराए ।