Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

वार्तामा कुरा नमिलेपछि आन्दोलनको कार्यक्रम घोषणा गर्ने :संघीय गठबन्धन

Tuesday, May 9, 2017 National Power


२६ बैशाख, काठमाडौ –  संघीय गठबन्धनले बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

आज बिहान नेपाली काँग्रेस, एमाले र माअ‍ोवादी केन्द्रसँग संघीय गठबन्धनले बालुवाटारमा छलफल गरेको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते सविधान संशोधन विधेयक पारित गर्न प्रयास गर्ने आश्वासन दिएका छन् । तर प्रधानमन्त्रीको प्रतिवद्धताप्रति विश्वास नलागेर आजै गठबन्धनको बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गर्न लागिएको एक नेताले बताए ।

राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज ३ बजे गठबन्धनको बैठक बस्न लागेको छ ।
बैठकले दवाव मुलक कार्यक्रमको घोषणा गर्ने राजपा नेपालका नेताले जानकारी गराए ।