Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

विप्लव नेतृत्वका कार्यकर्तामाथि निगरानी बढाएपछि धमाधम पक्राउ

Monday, May 8, 2017 National Power

२५ बैशाख, काभ्रेपलाञ्चोक – प्रहरीले बनेपाको काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाएपछि धमाधम पक्राउ गर्न थालेको छ ।

आइतबार प्रहरीले धुलिखेलबाट थप दुई कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ का कान्छा लामा र धुलिखेलकै रमेश परियार रहेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । दुवैजना नेकपा, काभ्रेपलाञ्चोकको जिल्ला सदस्य हुन् ।

यसअघि शुक्रबार मात्रै दुई कार्यकर्तालाई मण्डनदेउपुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्लामा करिब १०० जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखिएको  प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ ।