Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

जन्ती बोकेको जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते

Monday, May 8, 2017 National Power

२५ बैशाख, कपिलबस्तु – जिल्लामा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु भएको छ भने  नौ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो । युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने क्रममा दुर्घटना भएको र एक जनाको ज्यान गएको स्थानीयले बताएका छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरीले बताएका छन ।