Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

जन्ती बोकेको जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते

Monday, May 8, 2017 National Power

२५ बैशाख, कपिलबस्तु – जिल्लामा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु भएको छ भने  नौ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो । युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने क्रममा दुर्घटना भएको र एक जनाको ज्यान गएको स्थानीयले बताएका छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरीले बताएका छन ।