Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

संसद बैठक आगामी जेठ ४ गते सम्मका लागि स्थगित

Sunday, May 7, 2017 National Power

२४ बैशाख, काठमाडौं – व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको हो।

संसद सचिवालयले सूचना टाँस गरी संसद बैठक जेठ ४ गते सम्मका लागि स्थगित गरेको हो। यसैबीच, सभामुख ओनसरी घर्ती मगरले विशेष पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवन शंकर हलमा पत्रकार सम्मेलन दिउँसो साढे १२ बजेका लागि तय गरिएको सभामुखका सञ्चार सल्लाहकार वविन शर्माले जानकारी दिए।