Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Sunday, May 7, 2017 National Power

२४ बैशाख, काठमाण्डौँ– काठमाडौंको थानकोटमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

त्रिवेणी चोकस्थित सडकखण्डमा आज बिहान सवा बजे बा ११ च ५९८९ नम्बरको पिकअप भ्यानले बा ७८ प ९५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको निधन भएको हो ।

चालक धादिङ बस्ने १९ वर्षीय सन्दिप घलेको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ भने पछाडी सवार सुन्धारा बस्ने १९ वर्षीय प्रभात वनजोर घाइते भएका छन् । घाइतेको सहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरिय प्रहरी वृत थानकोटले नियन्त्रणमा लिएको छ भने भ्यान चालक फरार रहेकोले खोजी कार्य भैरहेको छ ।