Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

आगलागीबाट ५ घर नष्ट

Sunday, May 7, 2017 National Power

२४ बैशाख, भक्तपुर – भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा गएराति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागी बिहान आठ बजेसम्म पनि नियन्त्रणमा आएको छैन ।

राति साढे एक बजेतिरबाट लागेको आगोले स्थानीय इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि छेउँछाउँका घरहरु भत्काइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन भक्तपुरसहित काठमाडौं र ललितपुर प्रहरीका दमकल पुगेका थिए साथै, आगो निभाउन भक्तपुर नगरपालिका र नेपाली सेनाका ट्यांकरहरु पनि प्रयोग गरिएको थियो ।