प्रधानन्याधिष सुशीला कार्की अाजै देखि सर्वाेच्चमा फर्केकी छिन् ।
सर्वोच्चका न्यायाधीश चालेन्द्रशम्शेर जबराको इजलासले शुक्रबार महाअभियोगको प्रक्रिया अघि नबढाउन र कार्कीलाई काममा र्फकन आदेश दिएको थियो ।
सुुरुमा सर्वोच्च प्रशासनले कार्की आइतबार मात्र काममा फर्कने बताएको थियो ।
तर, प्रधानन्यायाधीश कार्की अबेर अदालतमा उपस्थित भएर हाजिर गरेकी छन् । ‘सर्वोच्चले आजै काममा र्फकनु भएकाले उहाँ आएर हाजिर गर्नुभयो र केही प्रशासनिक निर्णय पनि गर्नु भएको छ’ सहायक प्रवक्ता पुष्पराज पौडेलले भने ।
प्रधानन्यायाधीश कार्कीले न्यायिक काम भने आइतबारबाट गर्नेछिन् ।