Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

नेत्रविक्रम चन्द नेतृत्वको जिल्ला समिति सदस्य१३ जनालाई पक्राउ

Friday, May 5, 2017 National Power

२२ बैशाख, गुलरिया – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाका जिल्ला इन्चार्जसहित दर्जन जिल्ला समिति सदस्य पक्राउ परेका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित उद्योग वाणिज्य संघको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारीसहित एक दर्जन बढी सदस्यलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जिल्ला समिति सदस्य दीलहादुर कसेरा, चन्द्रवीर परियार, जयबहादुर ठाडा, जीवन नेपाली, चन्द्रप्रसाद आचार्य, शिवुटी थारु, डम्मर परियार, विचार महतरालगायतका १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। निर्वाचन विरोधी गतिविधि गरेको, पर्चा पम्प्लेट भेटिएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

बैठक स्थलबाट प्रहरीले १८ जना कार्यकर्ता पक्राउ गरेको जिल्ला सेक्रेटरी गणेश अर्यालले जानकारी दिए। शान्ति पूर्ण बैठक बसिरहेको अवस्थामा पक्राउ गर्नु लोकतन्त्रमा खेद भएको अर्यालको आरोप छ। आर्यालले माइन्युटसहित पक्राउ परेका सबैलाई निर्सत रिहाइ गर्न माग गरेका छन।