Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

नेत्रविक्रम चन्द नेतृत्वको जिल्ला समिति सदस्य१३ जनालाई पक्राउ

Friday, May 5, 2017 National Power

२२ बैशाख, गुलरिया – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाका जिल्ला इन्चार्जसहित दर्जन जिल्ला समिति सदस्य पक्राउ परेका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित उद्योग वाणिज्य संघको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारीसहित एक दर्जन बढी सदस्यलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जिल्ला समिति सदस्य दीलहादुर कसेरा, चन्द्रवीर परियार, जयबहादुर ठाडा, जीवन नेपाली, चन्द्रप्रसाद आचार्य, शिवुटी थारु, डम्मर परियार, विचार महतरालगायतका १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। निर्वाचन विरोधी गतिविधि गरेको, पर्चा पम्प्लेट भेटिएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

बैठक स्थलबाट प्रहरीले १८ जना कार्यकर्ता पक्राउ गरेको जिल्ला सेक्रेटरी गणेश अर्यालले जानकारी दिए। शान्ति पूर्ण बैठक बसिरहेको अवस्थामा पक्राउ गर्नु लोकतन्त्रमा खेद भएको अर्यालको आरोप छ। आर्यालले माइन्युटसहित पक्राउ परेका सबैलाई निर्सत रिहाइ गर्न माग गरेका छन।