Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

अपहरणमा परेका मदन गिरी गोदावारीको जंगलमा सकुशल फेला

Friday, May 5, 2017 National Power

२२ बैशाख, काठमाण्डौँ –  अपहरणमा परेका भनिएका नयाँ शक्ति पार्टी नेपालको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मदन गिरी गोदावारीको जंगलमा सकुशल फेला परेका छन् ।

सम्पर्कबिहिन रहेका गिरीले शुक्रबार बिहान ६ बजे परिवारलाई फोन गर्दै आफू अपहरणमुक्त भएको र गोदावारीको जंगलमा रहेको बताएका थिए । उनले सम्पर्क गरेपछि प्रहरीको टोलीले उनको उद्दार गरेको महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशी जानकारी दिए । गिरीलाई हाल परिसरको कार्यालय टेकुमा राखिएको छ ।

‘आज विहान उनले भने म अपहरणमुक्त भएको र गोदावारीको जंगलमा रहेको भन्दै परिवारलाई फोन गरेपछि प्रहरीको टोलीले उनको उद्दार गरेको हो,’ ।

नागार्जुन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार गिरी बुधबार बेलुका अज्ञात समूहको अपहरणमा परेको नयाँ शक्ति पार्टीले जनाएको थियो । नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्तिको आरोप थियो ।

गिरीले काठमाडौँको सोह्रखुट्टेको कारवासमा बा ११ च ४०२९ नम्बर गाडी धुनका लागि छाडेपछि तीन जना व्यक्तिले भेट्नका लागि बोलाएको र अपहरण गरेको बयान दिएका प्रहरीले जनाएको छ।अपहरणका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।