Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अपहरणमा परेका मदन गिरी गोदावारीको जंगलमा सकुशल फेला

Friday, May 5, 2017 National Power

२२ बैशाख, काठमाण्डौँ –  अपहरणमा परेका भनिएका नयाँ शक्ति पार्टी नेपालको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मदन गिरी गोदावारीको जंगलमा सकुशल फेला परेका छन् ।

सम्पर्कबिहिन रहेका गिरीले शुक्रबार बिहान ६ बजे परिवारलाई फोन गर्दै आफू अपहरणमुक्त भएको र गोदावारीको जंगलमा रहेको बताएका थिए । उनले सम्पर्क गरेपछि प्रहरीको टोलीले उनको उद्दार गरेको महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशी जानकारी दिए । गिरीलाई हाल परिसरको कार्यालय टेकुमा राखिएको छ ।

‘आज विहान उनले भने म अपहरणमुक्त भएको र गोदावारीको जंगलमा रहेको भन्दै परिवारलाई फोन गरेपछि प्रहरीको टोलीले उनको उद्दार गरेको हो,’ ।

नागार्जुन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार गिरी बुधबार बेलुका अज्ञात समूहको अपहरणमा परेको नयाँ शक्ति पार्टीले जनाएको थियो । नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्तिको आरोप थियो ।

गिरीले काठमाडौँको सोह्रखुट्टेको कारवासमा बा ११ च ४०२९ नम्बर गाडी धुनका लागि छाडेपछि तीन जना व्यक्तिले भेट्नका लागि बोलाएको र अपहरण गरेको बयान दिएका प्रहरीले जनाएको छ।अपहरणका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।