Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

महाअभियोग प्रस्तावले आज व्यवस्थापिका संसदमा प्रवेश पाउने

Thursday, May 4, 2017 National Power

२१ बैशाख, काठमाडौं – निलम्वित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग प्रस्तावले आज व्यवस्थापिका संसदमा प्रवेश पाउने भएको छ ।

संसदको बैठक आज दिउसो बोलाइएको छ । संसदको आजको बैठकले छलफलका लागि समय र मिति तोक्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ । माओवादी र कांग्रेस केन्द्रका सांसदहरुले आइतबार कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले महाअभियोग फिर्ता लिन माग गर्दै आएको छ ।