Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चार नगरपालिकामध्ये एक नगरपालिकामा संयुक्त प्यानलको उम्मेदबारी दर्ता

Wednesday, May 3, 2017 National Power

२० बैशाख, भक्तपुर — भक्तपुरका चार वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा संयुक्त प्यानलको  उम्मेदबारी दर्ता भएको छ । काँंग्रेस पकड क्षेत्रको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकामा काँंग्रेसविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल मजदुर किसान पार्टी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवदीवीच संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ।

मध्यपुर थिमिमा संयुक्त प्यानलको रुपमा मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठको उम्मेदबारी परेको छ । सुयंक्त प्यानलबाट उपमेयरमा नेपाल मजदुर किसान पार्टीका केदार खडकाले उपमेयरको उम्मेदवारी दर्ता गराए । काँग्रेसका पूर्व मध्यपुर थिमि नगर सभापति कष्ट कवेविरुद्ध तीन वटा पार्टीले संयुक्त रुपमा उम्मेदबारी दिएका हुन् ।जिल्लाको चार वटामध्ये सूर्यविनायक नगरपालिकाको मेयरमा महिलाको उम्मेदबारी परेको छ । नेपाल मजदुर किसान पार्टीले सूर्यविनायक नगरपालिकाको प्रमुखमा मनशोभा त्वातीलाई उम्मेदबार उठाएको हो । जिल्लाको चार वटा नगरपालिकामध्ये मेयरमा महिला उम्मेदबार उनकै मात्रै परेको छ ।
भक्तपुर नगरपालिकाको उपमेयरमा ख्वप इन्जिनियर कलेज लिवाली भक्तपुरकी उपप्रचार्य रजनी श्रेष्ठले उम्मेदबारी दर्ता गराएकी छन् । नेपाल मजदुर किसान पार्टीकै तर्फबाट रजनीले उपमेयरमा उम्मेदबारी दर्ता गराएकी हुन्।
भक्तपुर नगरपालिकाको मेयरमा पूर्व सभाषद् एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव सुनिल प्रजापतिले उम्मेदबारी दर्ता गराएका छन् । पछिल्लो संविधान सभाको निर्वाचनमा सभाषदमा पराजित उनले मेयर पदमा उम्मेदबार दिएका हुन् ।