Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

आँखा उपचार केन्द्रलाई लायन्स क्लबको आर्थिक सहयोग

Wednesday, May 3, 2017 National Power

२० बैशाख,(रामपुर)पाल्पा –  लायन्स क्लब अफ रामपुरले कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले लायन्स क्लब अन्तर्राष्ट्रियबाट प्राप्त आँखा शल्यक्रियाबापतको रु ९५ हजार रकम सहयोग गरिएको हो ।
लायन्स क्लब अफ रामपुरका पूर्वअध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरका अध्यक्ष हुतराज पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन। यसैबीच, निर्धन उत्थान बैंक रामपुर जब्गादी शाखाले कर्जा बीमाबापतको रकम हस्तान्तरण गरेको छ ।  बैंकले आफ्ना सदस्य रामपुर नगरपालिका–८ रानीवासका स्वर्गीय चन्द्रमाया थापाको परिवारलाई बैंकले कर्जाबापतको रु दुई लाख ६९ हजार एकसय उनका श्रीमान् दिलबहादुर थापालाई हस्तान्तरण गरेको हो । दुई महिनाअगाडि ३८ वर्षको उमेरमा थापाको मृत्यु भएको थियो ।
रामपुर नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले थापा परिवारलाई रकम हस्तान्तरण गर्दै बैंकले ऋण प्रवाहबाट समाजमा पुँजीको निर्माण मात्र नगरी सामाजिक दायित्वसमेत निर्वाह गरेको बताए ।उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बैंकले नामअनुसारकै आफ्नो काम गर्न सफल भएको बताउँदै आयमूलक कार्यक्रम सञ्चालन गर्दै समाजलाई आर्थिक विकासमा अघि बढाउन आग्रह गरे ।
निर्धन उत्थान बैंकका प्रबन्धक सुशील गौतमले स्वर्गीय चन्द्रमाया थापाले तीनपटक लिएको ऋणबापत तिरेको रु एकहजार दुईसय ५४ को कर्जा बीमा रकमबाट परिवारलाई रु दुई लाख ६९ हजार एकसय रकम प्रदान गरेको बताए ।