Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

झापामा स्वास्थ्य चौकीबाट प्रसूतिसहितका सेवा

Wednesday, May 3, 2017 National Power

२० बैशाख, झापा – बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।

भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवा सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटाले बताए।

नवनिर्मित भवनबाट अब प्रसूतिसहितका सेवा प्रदान गरिने बताइएको छ । स्वास्थ्य चौकीको भवन अपाङ्ग मैत्री बनाइएको छ । स्वास्थ्य चौकीबाटै प्रसूतिसहितका सेवा प्रदान गरिने भएपछि उत्तरी झापा र दक्षिणी इलामका सेवाग्राही सबैभन्दा बढी लाभान्वित हुने बताइएको छ ।