२० बैशाख, धादिङ – मंगलबार मात्रै दलित आरक्षित कोटाबाट धुनीबेंसी वडा नं ३ को महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले पासो लगाई आत्महत्या गरेकी छिन् ।
धुनीबेंसी वडा नं ३, थुम्की निवासी ३५ वर्षीया मिजारले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । उम्मेदवार भएपछि घरमा चुनावी खर्चका बारेमा खटपट भएको स्थानीयस्रोतले जनाएको छ ।