Tuesday 16th April 2024

    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने    नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा

आचारसंहिता पालना नगर्ने उमेदवारलाई कडा कारबाही गर्ने चेतावनी

Wednesday, May 3, 2017 National Power


२० बैशाख, काठमाडौं – निर्वाचन आचारसंहिता पालना नगर्ने उमेदवारलाई कडा कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कार्वाही हुने स्पष्ट पारे ।

उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उमेदवार विजयी भएपनि कानुन पालना गर्न/गराउन नसक्ने पनि उल्लेख गरे । नेत्रहिन संघले बुधबार काठमाडौँमा आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गरिदिन संचारकर्मीसँग पनि आग्रह गरे ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा जनता ज्यादै उत्साही भएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुको मनोनयन भईसकेपछि जनता आफ्ना प्रतिनिधि चयन गर्न झनै उत्साही गएर लागि परेको बताए ।प्रमुख निर्वाचन आयुक्त यादवले सबैलाई मतदानमा भाग लिन पनि पुनः आग्रह गरे । वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा मतदान हुँदैछ । निर्वाचन आयोगले मंगलबार मनोनयन भएका उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार प्रकाशित गरी निर्वाचन चिन्ह समेत प्रदान कार्यक्रम तय गरिएको छ ।