Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

विभिन्न पार्टीका अधिकांश भावी वडाध्यक्षले उपत्यकाको धुलो तथा धुवाँको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखे

Wednesday, May 3, 2017 National Power

२० बैशाख, काठमाडौं – स्थानिय तहको निर्वाचनको लागि उमेदवारको मनोनयन भइरहँदा विभिन्न पार्टीका अधिकांश भावी वडाध्यक्षले उपत्यकाको धुलो तथा धुवाँको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन् । वडाध्यक्ष भइसकेपछि उपत्यकामा समस्याको रुपमा रहेको धुलो तथा धुवाँलाई  व्यस्थापन गर्ने उनीहरुले प्रतिबद्धता जनाए ।
काठमाडौं महानगर  ६ का वडाध्यक्षको लागि उमेदवार दर्ता गर्ने क्रममा नेपाली कांग्रेसका दिपेन्द्र लामाले धुलो धुवाँको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको बताए ।त्यस्तै वागबजार वडा नं. २८ का लागि एमालेको तर्फबाट वडाध्यक्षका लागि उमेदवार दर्ता गराएका मधुसुधन तन्दुकारले पनि आफ्नो पहिलो प्राथमिकता वडाको सरसफाई रहेको बताए ।

उनले त्यसको लागि पछिल्लो समयमा काठमाडौंमा ठूलो समस्याको रुपमा बढेको धुलो धुवाँ लगायतको व्यवस्थापन गर्ने जनाए । सँगसँगै वडा विकासका लागि बाँकी विभिन्न विकासका कार्यहरु अघि बढाउने उनको भनाइ छ । माओवादी केन्द्रको तर्फबाट वडा नं. २६ का वडाध्यक्षका लागि उमेदवार दर्ता गराएका रामकाजी महर्जनले सर्वप्रथम फोहोर मैला व्यवस्थापनलाई ध्यान दिँदै वडालाई स्वच्छ र हराभरा राख्ने ,युवाहरुलाई रोजगारी दिने समेत योजना रहेको सुनाए ।
अधिकांश भावी वडाध्यक्षहरुले वडामा धुलो, धुवाँको व्यवस्थापनसँगै फोहोर मैला, बिजुलीबत्ती, सरसफाइ, सडक लगायतलाई समेत व्यवस्थापन गर्दै युवाहरुको रोजगार दिलाउन लागिपर्ने बताए । वडा नं. १४ मा राप्रपाको तर्फबाट वडाध्यक्षको उमेदवार वासु केसीले पनि आफ्नो वडालाई नमुना वडाको रुपमा बनाउने विश्वास दिलाए । उनले पनि वडामा भएका धुलो धुवाँ लगायत व्यवस्थापन गर्दै वडाका गल्लीदेखिका विभिन्न स्थानमा रहेका सडकहरुको मर्मत सम्भार तथा विस्तार गर्ने बताए ।