Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

काठमाडौँ र ललितपुरमा एमाले र राप्रपा विच तालमेल

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौ – एमाले र राप्रपाबीच उपत्यकाभित्रका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएको राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले बताएका छन् ।

यो सहमति अनुसार काठमाडौ र ललितपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले दुवैमा उपमेयरको उम्मेदवार उठाउने भएका छन् । काठमाडौँको मेयरमा एमालेले केही समयपछि उम्मेदवार तय गर्नेछ ।
राप्रपाका प्रवक्ता सुशील श्रेष्ठका अनुसार सहमति अनुसार नै बाबुकाजी महर्जनलाई ललितपुरको उपमेयरका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दिइसकेका छन् भने उपमेयरमा उम्मेदवारी दिएका सुकमाया तामाङले उम्मेदवारी फिर्ता लिनेछन् ।