Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

एमालेले काठमाडौँ मेयरमा विद्यासुन्दर शाक्यलाइ उठाउने

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौं – नेकपा एमालेले पार्टीभित्रको लामो विवादलाई समाधान गर्दै काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने निर्णय गरेको छ । उपमेयरमा भने एमालेले राप्रपालाई छाडेको छ ।

महानगरपालिका मेयरका उम्मेद्वार शाक्य ०४९ र ०५४ सालको स्थानीय चुनावमा काठमाडौं २१ का वडाध्यक्ष थिए । उनी एमालेका काठमाडौं जिल्ला सचिव हुन् ।

महानगरको मेयरलाई लिएर एमालेभित्र विवाद थियो । माधव नेपाल पक्षका जीवनराम श्रेष्ठ, र वामदेव पक्षका केशव स्थापितले समेत मेयरमा दाबी गर्दै आएका थिए । गौरी प्रधान पनि मेयरका दाबेदार थिए ।

अन्तिम घडीमा एमाले नेता जीवनराम श्रेष्ठले केशव स्थापितलाई उठाउनुभन्दा विद्यासुन्दरलाई समर्थन गर्छु भन्दै पछि हटेपछि शाक्यका नाममा सहमति भएको हो । गौरी प्रधानले पनि आफू अमेरिका जान लागेको भन्दै दाबेदारी छाडेका थिए ।

शाक्य केपी ओली निकटका नेता हुन् ।