Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

१८ जिल्लाबाट झन्डै १५ सय उजुरी

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, दाङ – घोराही दाङमा तराई मधेस र थरुहट क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेका आन्दोलनका क्रममा घटनाको छानविन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा १८ जिल्लाबाट झन्डै १५ सय उजुरी परेका छन् ।

घटनाको अध्ययनका क्रममा दाङ आइपुगेको आयोगको टोलीले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । आन्दोलनका क्रममा भएका हत्या, हिंसा, कुटपिट र आगजनी लगायतका घटनाको सत्यतथ्य छानविन गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष गिरिशचन्द्र लालले उजुरी दिएकाहरुलाई भेटेर घटनाबारे जानकारी लिने काम भइरहेको बताए । उनले अहिलेसम्म ९ जिल्लाका पीडितहरुसँग भेट गरिसकेको जानकारी दिए ।

आयोगले २०७२ साल साउन २ गतेदेखि २०७३ साल असोज १ गते सम्मका घटनाहरुलाई अध्ययन गरिरहेको र सबै पीडितहरुलाई भेटेर प्रतिवेदन बनाउने आयोगका सदस्य पूर्वएआइजी नवराज ढकालले जानकारी दिए ।