Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीद्धारा पक्राउ

Tuesday, May 2, 2017 National Power


१९ बैशाख, गौशाला – महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो । स्थानीय तहको निर्वाचनमा फरार प्रतिवादीले अवाञ्छित गतिविधि गर्न सक्ने सम्भावना बढेकाले जिल्ला अदालतको आदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान चलाएको छ ।

कुटपिट, जालसाजी, ठगी, चोरी, परीक्षामा अनियमित गतिविधिलगायत विभिन्न मुद्दामा फरार रहेकाहरुलाई पक्राउ गरिएकामा १८ जनासँग जरिवाना असुल र एक जनालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।