Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मेयर र उपमेयरको उम्मेदवार चयन गर्न एमालेको बैठक

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौँ – काठमाडौँ महानगरको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न एमालेको बैठक संसदीय दलको कार्यालयमा सुरु भएको छ। एमाले अध्यक्ष केपी ओलीले उम्मेदवार छनोट गर्न तीन सदस्यीय कमिटिको बैठक बोलाएका हुन्।

सोमबार स्थायी कमिटि बैठकमा विवाद भएपछि ओली, माधव नेपाल र अष्टलक्ष्मी शाक्य रहेको तीन सदस्यीय कमिटिलाई काठमाडौँको मेयर टुङ्गो लगाउने जिम्मा दिइएको थियो।

माधव नेपाल पक्षले काठमाडौँ महानगरको मेयर दाबी गरेपछि एमाले अध्यक्ष केपी ओलीले उम्मेदवारी दर्ता सुरु भैसकेपछि बैठक बोलाएका हुन्। स्रोतका अनुसार मंगलबार बिहानबाट काठमाडौँ महानगरमा एमालेले केशव स्थापितलाई मेयरमा उठाउने तयारी थालेको छ।

काठमाडौँ महानगरपालिकाको मेयरमा माधव नेपाल पक्षले जीवनराम श्रेष्ठलाई अगाडि सारेको छ भने ओली चाहीँ आफ्नै विश्वास पात्र विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाउने कसरतमा थिए।ओलीको पकड रहेको एमालेको काठमाडौँ जिल्ला कमिटिले छ दिनअघि श्रेष्ठ र शाक्य सहित विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम सिफारिश गरेको थियो।

पहिलो चरणमा चुनाव हुन लागेका तीन वटा प्रदेशका प्रमुख नगरमध्ये एमालेले ललितपुरमा हरिकृष्ण ब्यन्जनकार, पोखरामा मनबहादुर जिसि र हेटौँडामा हरिबोल महतलाई मेयरमा उठाउने निर्णय गरेको छ। यी ३ जना नै ओली निकटका व्यक्ति परेपछि नेपाल पक्षले काठमाडौँको मेयर दाबी गरेको एमाले स्रोतले जनाएको छ। नेपाल पक्षले अन्तिमसम्म पनि जीवनराम श्रेष्ठको नाममा अडान लिने नीति बनाएपछि ओलीले बिहानैदेखि स्थानीय नेताहरूसँग काठमाडौँको सम्भावित उम्मेदवारबारे छलफल गरिरहेका छन्।

ललितपुरमा पनि अध्यक्ष ओलीले ब्यन्जनकारको ठाउँमा अझ् आफ्नै सालोलाई मेयरको उम्मेदवार बनाउन खोजिरहेका छन्।सोमबार बसेको स्थाई कमिटि बैठकमा उपाध्यक्ष बामदेव गौतम र शंकर पोखरेलले काठमाडौँको मेयरमा केशव स्थापितको नाम लिएपछि योगेश भट्टराईले विरोध जनाएका थिए।