Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मेयर र उपमेयरको उम्मेदवार चयन गर्न एमालेको बैठक

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौँ – काठमाडौँ महानगरको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न एमालेको बैठक संसदीय दलको कार्यालयमा सुरु भएको छ। एमाले अध्यक्ष केपी ओलीले उम्मेदवार छनोट गर्न तीन सदस्यीय कमिटिको बैठक बोलाएका हुन्।

सोमबार स्थायी कमिटि बैठकमा विवाद भएपछि ओली, माधव नेपाल र अष्टलक्ष्मी शाक्य रहेको तीन सदस्यीय कमिटिलाई काठमाडौँको मेयर टुङ्गो लगाउने जिम्मा दिइएको थियो।

माधव नेपाल पक्षले काठमाडौँ महानगरको मेयर दाबी गरेपछि एमाले अध्यक्ष केपी ओलीले उम्मेदवारी दर्ता सुरु भैसकेपछि बैठक बोलाएका हुन्। स्रोतका अनुसार मंगलबार बिहानबाट काठमाडौँ महानगरमा एमालेले केशव स्थापितलाई मेयरमा उठाउने तयारी थालेको छ।

काठमाडौँ महानगरपालिकाको मेयरमा माधव नेपाल पक्षले जीवनराम श्रेष्ठलाई अगाडि सारेको छ भने ओली चाहीँ आफ्नै विश्वास पात्र विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाउने कसरतमा थिए।ओलीको पकड रहेको एमालेको काठमाडौँ जिल्ला कमिटिले छ दिनअघि श्रेष्ठ र शाक्य सहित विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम सिफारिश गरेको थियो।

पहिलो चरणमा चुनाव हुन लागेका तीन वटा प्रदेशका प्रमुख नगरमध्ये एमालेले ललितपुरमा हरिकृष्ण ब्यन्जनकार, पोखरामा मनबहादुर जिसि र हेटौँडामा हरिबोल महतलाई मेयरमा उठाउने निर्णय गरेको छ। यी ३ जना नै ओली निकटका व्यक्ति परेपछि नेपाल पक्षले काठमाडौँको मेयर दाबी गरेको एमाले स्रोतले जनाएको छ। नेपाल पक्षले अन्तिमसम्म पनि जीवनराम श्रेष्ठको नाममा अडान लिने नीति बनाएपछि ओलीले बिहानैदेखि स्थानीय नेताहरूसँग काठमाडौँको सम्भावित उम्मेदवारबारे छलफल गरिरहेका छन्।

ललितपुरमा पनि अध्यक्ष ओलीले ब्यन्जनकारको ठाउँमा अझ् आफ्नै सालोलाई मेयरको उम्मेदवार बनाउन खोजिरहेका छन्।सोमबार बसेको स्थाई कमिटि बैठकमा उपाध्यक्ष बामदेव गौतम र शंकर पोखरेलले काठमाडौँको मेयरमा केशव स्थापितको नाम लिएपछि योगेश भट्टराईले विरोध जनाएका थिए।