Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, वालिङ – स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ ।

विशेषगरी नेपाली काँग्रेस र नेकपा (एमाले) बीच बढी प्रतिस्पर्धा हुने स्याङ्जामा अन्य दलले पनि तयारी अन्तिम चरणमा पुर्याएका छन् ।  स्थानीय निकायको निर्वाचनमा स्याङ्जामा नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा दुई दलले चुनावी तालमेल गर्ने सहमति गरी सात सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

सङ्घीय समाजवादी फोरमका पोलिटब्यूरो सदस्य महेन्द्र थापा र नयाँ शक्ति नेपालका अध्यक्ष शोभाखर ढकालबीच चुनावी तालमेल गरी संयुक्त उम्मेदवार उठाउने सहमति भएको हो । यसैगरी, हेमन्त थापाको अध्यक्षतामा एकसय एक सदस्यीय प्रचार–प्रसार समिति र ताराप्रसाद भुसालको संयोजकत्वमा आर्थिक समिति पनि गठन गरिएको छ ।