Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

 मानव खप्परसहित भारतीय नागरिक पक्राउ

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, झापा – झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित गए राति पक्राउ परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका सिंहलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मानव खप्परसहित पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।