Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

रसुवामा निर्वाचन अधिकृतले आत्महत्याको प्रयास गरे

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, रसुवा – एकजना निर्वाचन अधिकृतले रसुवामा आत्महत्याको प्रयास गरेका छन् । कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष कुमार गिरीले गए राति आत्महत्याको प्रयास गरेका हुन् ।

डोरी लगाएर झुण्डिएको थाहा पाएपछि घरबेटी तथा गाउँलेले डोरी काटेको प्रहरीले बताएको छ । घाइते भएका गिरीलाई आज बिहानै उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।