Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

आज देखि ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्दै

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौं – पहिलो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि दलहरु धमाधम उम्मेद्वारहरुको टुंगो लगाउन जुटेका छन् ।  पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । बैशाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ ।   कुन–कुन जिल्लामा हुँदैछ चुनाव ?  पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा हुँदैछ ।  प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।  त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।  पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।

निर्वाचन कार्यक्रम यस्तो रहेको छ

उम्मेदवार मनोनयन दर्ता (बैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म)  उम्मेदवारको सूची प्रकाशन( बैशाख १९ गते (बेलुका ५ः३० बजेसम्म )  उम्मेदवारको विरोधमा उजुरी( बैशाख २० गते (विहान १० बजेदेखि १ बजेसम्म) मनोनयनपत्र जाँच( बैशाख २० गतेदेखि २१ गतेसम्म (दिउँसो १ बजेदेखि ११ः३० सम्म)  उम्मेदवारको नामावली प्रकाशन(बैशाख २१ गते (११ः३० देखि १ बजेसम्म)  उम्मेदवारले नाम फिर्ता लिने( बैशाख २१ गते ( दिउँसो १ बजेदेखि ५ बजेसम्म)  उम्मेदवारको अन्तिम नामावली प्रकाशन( बैशाख २२ गते (बिहान १० देखि ११ बजेसम्म)  उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान( बैशाख २२ गते (बिहान ११ देखि ५ बजेसम्म)  मतदान गर्ने, बैशाख ३१ गते (बिहान ७ देखि बेलुका ५ बजेसम्म)