Thursday 30th June 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

कांग्रेसले धादिङ्गमा उम्मेद्वारकाे टुङ्गाे लगायाे, निलकण्ठमा मेयरकाे उम्मेद्वार भिम ढुङ्गाना

Monday, May 1, 2017 National Power

१८ बैशाख, धादिङ्ग – नेपाली काँग्रेस धादिङ्गले अागामी बैशाख ३१ गते हुने स्थानीय तहकाे निर्वाचनकाे लागि सबै स्थानीय तहकाे उम्मेेदवारकाे टुङ्गाे लगाएकाे छ । जिल्लाकै महत्वपूर्ण स्थानीय तह मानिएकाे निलकण्ठ नगरपालिकाकाे मेयरमा भिम प्रसाद ढुङ्गानले टिकट पाएका छन् भने उपमेयरमा कल्पना अधिकारीले टिकट पाएकी छिन् । त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरूमा पनि उम्मेदवारकाे टुङ्गाे लगाएकाे छ ।

धुनीबेसी नगरपालिकामा माधव पाण्डेलाई मेयरको उम्मेदवारीमा उठाउने निर्णय गरेको छ ।
त्यस्तै रुबीभ्याली गाउँपालिकामा कुल बहादुर गुरुङ, खनियाबास गाउँपालिकामा रणबहादुर तामाङ, नेत्रावती गाउँपालिकामा टेकजंग तामाङ, गंगाजमुना गाउँपालिकामा अक्कल तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकामा बासुदेव तिमिल्सिनालाई उम्मेदवारी उठाउने निर्णय गरेको छ ।

त्यस्तै ज्वालामुखि गाउँपालिकामा विनोद तिमिल्सिना, सिद्धलेक गाउँपालिकाकामा बद्री अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा देवीप्रसाद सिलवाल, गजुरी गाउँपालिकामा परशुराम सुवेदी, गल्छी गाउँपालिकामा विनोद कार्की, थाक्रे गाउँपालिकामा श्याम रेग्मीलाई उम्मेदवारी उठाउने निर्णय गरेको छ ।