Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

आगलागी हुँदा लाखौँको क्षति

Monday, May 1, 2017 National Power


१८ बैशाख, सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ ।

गएराति आएको हाबाहुरीले स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा बालिएको घुरबाट अचानक सल्केको आगोले निजको फुसको छानो भएको एउटा गाईगोठ र गोठमा भएका दुईवटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ ।आगो निभाउने क्रममा मियाँसमेत घाइते भएका छन् । उनको लहानस्थित राउ स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी भीमनारायण साहको भुइँतले फुसको एउटा घर जलेको छ । घरभित्र रहेको कच्ची घर, टायर गाढालगायतका सामान जलेको प्रहरीले जनाएको छ ।यस्तै अर्का सोही ठाउँका हरिनारायण साहको समेत एउटा फुसको छानो भएको घर जलेको बताइएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन नगद जिन्सी गरी रु सात लाख मूल्यबराबरको क्षति भएको पीडित परिवारले बताएका छन् ।आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।