Sunday 7th August 2022

    दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सफलतापुर्वक सम्पन्न    संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन    राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै    Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,    Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,

संसद विघटनकाे तयरीमा प्रधानमन्त्री !

Monday, May 1, 2017 National Power

१८ बैशाख, काठमाडाैँ – मुलुक विकसित पछिल्लाे राजनितिक घटनाक्रमबाट प्रधानमन्त्रीले पुनः एकपटक अाफ्नाे कार्यकारी अधिकारकाे अधिक्तम प्रयाेग गर्न सक्ने संकेत अाएकाे छ । प्रधानन्यायधिष सुशीला कार्काी माथि महाअभियाेग प्रस्ताव दर्ता भएकाे र दलहरू वीच धुर्वीकरण भएपछि अप्ठ्याराेमा परेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्के अवस्थामा पुगेकाे बालुवाटार श्राेतले जनाएकाे छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकाे दवावमा सुशीला कार्की विरूद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि प्रचण्ड थप तनावमा रहेका छन् । पछिल्लाे समय यसै विषयमा छलफल गर्दा सुशीला कार्कीलाइ अहिले नचलाउने मनस्थितिमा रहेका थिए । तर शेरबहादुर देउवा र महान्याधिवक्ता रमण श्रेष्ठकाे दवावमा उनी उक्त प्रस्तावमा सहमत भएका थिए । तर संसदमा महाअभियाेग दर्ता भएपछि राप्रपा सरकारबाट बाहिरिने अवस्थामा पुगकाे छ भने उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिइसकेका छन् । नेपाली काँग्रेस मात्र नभएर माअाेवादी केन्द्रभित्र पनि सरकारकाे पछिल्लाे कदमलाइ लिएर असन्तुष्टि बढेकाे छ । यस्ताेमा सरकारले संसदमा दर्ता गरेकाे महाअभियाेग प्रस्ताव मात्र हाेइन संसाेधन प्रस्ताव पनि पास नहुने स्थितिमा पुगेकाे छ ।

यी सबै घटनालाइ हेर्दा प्रधानमन्त्री संसद विघटन गरी निर्वाचन सार्ने मनस्थितिमा पुगेकाे बताइएकाे छ । यस्ताे सरकार पनि नछाेड्ने र संसद र स्थानीय तहकाे निर्वाचन एकैचाेटी गर्ने मनस्थितिमा प्रधानमन्त्री रहेकाे वालुवाटार श्राेतले जनाएकाे छ।